
लण्डन(संयुक्त अधिराज्य), १७ जेठ । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ।
ट्रेन्ट ब्रिजमा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको पाकिस्तान १ सय ५ रनमै समेटियो र १ सय ६ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमै भेट्यो।
खेलमा वेस्ट इन्डिज ओपनर क्रिस गेलले अर्धशतकीय इनिंग खेले।उनले ५० रन जोडे । त्यस्तै शाइ होप ११ले रन थपे निकोलस पुरनले अविजित ३४ तथा शिमरन हेटमेयरले अविजित ७ रन बनाए। तर डेरेन ब्राभो खाता नखोली आउट भए।
पाकिस्तानका मोहम्मद आमिरको ३ विकेट लिएर टीमको इज्जत राखे दोश्रो चरणमा टिममा पारिएका आमिरले ६ ओभरमा २६ रन खर्चेर गेल, होप र ब्राभोको विकेट लिएका थिए ।
पाकिस्तानको कमजोर ब्याटिंग
पाकिस्तानलाई सस्तैमा रोक्न् ओशेन थोमसले ४ विकेट लिए कप्तान जेसन होल्डरलले ३ विकेट तथा आन्द्रे रसेल ले २ विकेट लिए।
पाकिस्तानको लागि फखार जमान र बाबर आजमले समान २२ रन, वाहब रियाजले १८ र मोहम्मद हफिजले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ५० ओभर खेलमा पाकिस्तान २१,४ ओभरमा समेटिएको थियो।