
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले १ माथि १ सय ६१ रनको जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा २ सय ६५ रन बनायो ।
प्रदेश दुईका लागि हरिशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन बनाए ।
यस्तै महबूब आलमले १९ रन बनाए भने रासिद खानले ४७ रनको योगदान गरे ।सुरजले अविजीत ७८ रन बनाए । बलिङमा सुरज बस्नेतले दुई विकेट लिए ।
जवाफमा प्रदेश १ मात्र २८ ओभर ५ बलमा १ सय ४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । प्रदेश १ का लागि सन्नी पुनले २९ तथा मिनश थापाले ३६ रन बनाए ।
प्रदेश एकलाई रोक्न प्रदेश २ का कुमार थापाले ७ विकेट लिए ।