
लण्डन(संयुक्त अधिराज्य),१९ जेठ । आइसीसी एकदिवसीय विश्वकपमा दक्षिण एशियाली मुलुक बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेर सुखद सुरुआत गरेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले उत्कृष्ट साझेदारी गरे ।
तेस्रो विकेटका लागि हसन र रहिमले १ सय ४२ रनको साझेदारी गरे । ब्यक्तिगत तर्फ हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए ।
यस्तै महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ र बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रनको योगदान दिए ।
बंगलादेशलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका बलर एन्डिल फेलुकवायो, क्रिश मोरिस र इम्रान ताहिरले दुई दुई विकेट लिए ।
३ सय ३१ रनको जवाफी लक्ष्य लिएको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ जम्मा२१ रन बनायो । उसका लागि कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाउदा डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रनको योगदान गरे । यस्तै क्विन डी ककले २३ तथा एडीम मक्ररमले ४५ रन जोडे ।
उसकालागि सबै खेलाडीले महत्वपूर्ण योगदान गरेपनि जेपी डुमिनी आउट भएपछि दक्षिण अफ्रिकादबावमा आएको थियो । उनले ४५ रन बनाए । अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ३३ रन चाहिएको थियो । तर पुरा गर्न सकेन । बलिङमा मुस्ताफिजुर रहमानले तीन तथा मोहम्मद सेफुदीनले दुई विकेट लिए ।
दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।