Prakash Adhikari June 17, 2019

 

लण्डन(संयुक्त अधिराज्य), २ असार । आइसीसी एकदिवसिय विश्वकप क्रिकेट अन्तरगत सोमबार सम्पन्न खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको थियो ।

३ सय २२ रनको लक्ष्य पाएको बंगलादेशले ५० ओभरको निर्धारित खेलमा ४१.३ ओभरमा ३ विकेट गुमाउदै सो लक्ष्य पूरा गर्यो । बंगलादेशका सकिव अल हसनले १ सय २४ रन जोडे भने लिटन दासले ९४, तमिम इकवलले ४८ र सौम्य सरकारले २९ र मुसफकर रहिमले १ रनको योगदान दिए ।

बंगलादेशलाई रोक्ने क्रममा वेष्ट इण्डिजका ओसान थमस र आन्द्रे रसेलले एक एक विकेट लिए भने एक विकेट रन आउटबाट बंगलादेशले गुमायो ।

यस अगाडि टस हारेर ब्याटिड गरेको वेष्ट इण्डिजले ४ सय २१ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि साई होपले ९६,ंं इर्भिन लुइसले ७०,सिमरन हेटमेयरले ५० रनको योगदान दिए । ज्यासन होल्डरले ३३ रन बनाए भने निकोलस पुरनले २५ रन र दारेन ब्राभोले १९ रन जोडे ।

वेष्ट इण्डिजलाई रोक्ने क्रममा बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सइफुद्धिन ३।३ विकेट लिए भने शकिब अल हसनले २ विकेट लिए ।

सोमबारको खेलको नतिजासंगै बंगलादेश ५ अंक सहित पाँचौ स्थानमा रहेको छ भने वेष्ट इण्डिज ३ अंकसहित सातौ स्थानमा रहेको छ ।

World Cup

TEAM M W L PT NRR
AUS 5 4 1 8 0.812
NZ 4 3 0 7 2.163
INDIA 4 3 0 7 1.029
ENG 4 3 1 6 1.557
BDESH 5 2 2 5 -0.27
SL 5 1 2 4 -1.778
WI 5 1 3 3 0.272
SA 5 1 3 3 -0.208
PAK 5 1 3 3 -1.933
AFG 4 0 4 0 -1.638
Share Now

Leave a comment.