Prakash Adhikari June 18, 2019

 

काठमाडौं,३ आषाढ । संघीय संसदको प्रतिनिधि सभाको रोष्टममा पुगेर पनि प्रमुख प्रतिपक्षका सांसदहरुको अवरोध कारण संबोधन नगरी फर्कनु भएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्ना कुरा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिनुभएको छ।

प्रधानमन्त्रीले गएको हप्ता गर्नु भएको ८ दिन लामो यूरोप भ्रमण र गुठी विधेयकका बारेमा आफ्नो,सरकारको र पार्टीको धारणालाई संघीय संसदको प्रतिनिधिसभामार्फत जानकारी दिन प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

प्रधानमन्त्रीले संबोधन गर्ने भएकोले सभामुखले कार्यसूचीमा सो विषय राख्नुभयो । तर प्रधानमन्त्रीले संबोधन गर्नु पहिले प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्रीले पनि प्रधानमन्त्री देशमा नभएको बेलामा देशमा उठेका समसामयिक विषयमा प्रधानमन्त्रीले विपक्षी दलको धारणा संघीय संसदको प्रतिनिधिसभामार्फत नै सार्वजनिक गराउन चाहनु भयो । सामान्यत संसदमा उठेका वा देशमा भएका विषयमा नै प्रधानमन्त्रीले बोल्ने हुनाले त्यस विषयमा अरुका धारणा सुनेपछि प्रधानमन्त्रीको घारणा आउने परम्परा रहिआएको छ ।

कांग्रेसको संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुले यो प्रस्ताव कार्य व्यवस्था परामर्श समितिमा राखेपनि सत्तारुढ दलका सदस्यहरुसंग कुरा नमिलेपछि यत्तिकै अनिर्णित रहेको थियो ।

अन्योलकै बीचमा संसद बैठक प्रारम्भ भएर सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि नेपाली काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेका थिए । त्यसपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता हुनुभएको थियो।

विपक्षीको पालो पहिले

Sher Bahadur Getting out of Parliamentको लागि तस्बिर परिणाम

अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित गरेपछि संसदभवनबाट बाहिरिनुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउदै भन्नुभयो, प्रधानमन्त्रीले जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै छ । प्रधानमन्त्रीले पहिले बोलिसकेपछि प्रतिपक्षले बोल्ने हो भने उसका विषयको जवाफ कसले दिन्छ ? सुरुमा प्रधामन्त्री कहाँ बोल्छन् ?

Share Now

Leave a comment.