Prakash Adhikari July 3, 2019

क्वालालम्पुर(मलेशिया), १८ आषाढ । एसीसी यु १९ इष्टर्न रिजन च्याम्पियनसिपमा नेपालले आज पहिलो खेलमा चीनको सामना गर्दैछ ।
साविक विजेता नेपालले यसपटक पनि उपाधि जितेर श्रीलंकामा हुने एशिया कपका लागि छनोट हुने लक्ष्य राखेको छ ।

प्रतियोगितामा म्यानमारले नाम फिर्ता लिएपछि नेपालको पहिलो भेट चीनसंग भएको हो । कमजोर प्रतिद्धन्द्धी पाएको नेपालले पहिलो खेलमा नै सहज जितेको अपेक्षा राखेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ ।

चीन पहिलो खेलमा नै सिंगापुरसँग आठ विकेटले पराजित भएको छ ।

नेपाली टिमका कप्तान रोहित पौडेलले क्याप्टेनहरुको पत्रकार सम्मेलनमा आफ्नो टीम उपाधि रक्षा गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

सिंगापुर विरुद्ध चीन मात्र २८ रनमा अलआउट भएको थियो ।

 

Schedule
Matches start at 10.00AM
Tue 2-Jul Malaysia vs Thailand at Kinrara Oval
Singapore vs China at TPCA Oval
Wed 3-Jul China vs Nepal at Kinrara Oval
Malaysia vs Bhutan at STC Oval
Hong Kong vs Thailand at TPCA Oval
Thu 4-Jul Rest day
Fri 5-Jul Nepal vs Singapore at Kinrara Oval
Hong Kong vs Bhutan at STC Oval
Sat 6-Jul Malaysia vs Hong Kong at Kinrara Oval
Thailand vs Bhutan at TPCA Oval
Sun 7-Jul Rest day
Mon 8-Jul SF1: A1 vs B2 at Kinrara Oval
SF2: B1 vs A2 at STC Oval
Tue 9-Jul FINAL: Winner SF1 v Winner SF2 at Kinrara Oval
Share Now

Leave a comment.