Prakash Adhikari July 14, 2019

क्वाललम्पुर(मलेशिया),२९ आषाढ । आयोजक मलेसियालाई दोश्रो खेलमा ६ रनले पराजित गर्दै नेपालले मलेसियामा सम्पन्न दुई खेलको टि २० अन्तर्राष्ट्रियको सिरिज आफ्नो पक्षमा पारेको छ।

यस अगाडि भएको टी २० श्रृखला नेपाल ७ विकेटले विजयी भएको थियो।

यस अघि नेपालले युएईसंगको ३ खेलको टी २० श्रृखला २ खेल जित्दै आफ्नो पक्षमा पारेको थियो ।

मलेशियाको किनरारा ओभल मैदानमा सम्पन्न खेल आजको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १ सय ७३ रनको योगफल तयार बनाएको थियो । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै जम्मा १ सय ६७ रन मात्र जोड्न सक्यो ।

आजको खेलमा अविनास बोहोराले कमाल गरे । अन्तिम ओभरमा मलेसियालाई जितका लागि १४ रन चाहिएको थियो र क्रिजमा मोहमद सहदत थिए । बोहोराले २० ओभरको ६ बलमध्ये तीन बल डट फाल्दै मलेशियालाई ७ रनमा समेटिदिए पछि दिएपछि नेपालले ६ रनको जित निकालेर सेरिज आफ्नो पक्षमा पार्यो ।

मलेशियाका लागि सैयद अजिज ५०, अमिउद्दिन रमले २४, विरनदीपसिंह २३,मोहम्मद स्याहदतले २१,मोहम्मद फैज १७, सफिक सरिफ १०,एस मुनियान्दी ९,अनवर अनुद्दिनले ७ रनको योगदान दिए ।

मलेसियालाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले २ । २ तथा क्याप्टेन पारस खड्का,अविनास बोहोरा र करण केसीले १।१ विकेट लिए ।

नेपालको ब्याटिड.

यस अगाडि किनरारा ओभल मैदानमा टस जितेर नेपालले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार गरेको थियो।

नेपालका लागि विनोद भण्डारीले ५१,शरद भेषवाकरले ४०, पारस खड्काले २३ ,रोहित पौडेलले १९, करण के.सी.ले १६, पवन सर्राफले १०,ज्ञानेन्द्र मल्लले ७ र सोमपाल कामीले १ रनको योगदान दिए ।

नेपाललाई रोक्न मलेसियाका फित्री शामले ३ , सयद अजिज र एस मुनिएन्डीले समान १ । १विकेट लिए ।

Share Now

Leave a comment.