काठमाडौं, २९ आषाढ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी तथा मध्य नेपालमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
नेपाल प्रहरीको वेभसाईटमा जनाइए अनुसार अपरान्ह ४ः३० सम्म बाढी पहिरोमा परी जिवन गुमाउनेहरुको संख्या ६० पुगेको छ । घाइतेको संख्या ३८ छ भने वेपत्ताहरुको संख्या२६ र सकुशल उद्धार गरिएकाहरुको संख्या १४४४ रहेको छ ।
अविरल वर्षाका कारण भएको मानवीय क्षति एवम् उद्धारको विवरण
(२०७६ असार २९ गते १६:३० बजेसम्मको अपडेट )६० जनाको मृत्यु ( महिला २४, पुरुष ३६)
३८ जना घाईते ( महिला १७, पुरुष २१)
२६ जना बेपत्ता ( महिला १२, पुरुष १४)
१,४४४ जनाको सकुशल उद्धार#NepalFlood2019 pic.twitter.com/mjoR6BRkYC— Nepal Police (@NepalPoliceHQ) July 14, 2019
गृह मन्त्रालयको प्रकोप जाखिम निवारण पोर्टलमा जनाइए अनुसार देशका विभिन्न भागमा आएको पहिरो र बाढीमा परेर ५५ जनाले ज्यान गुमाएका छन भने ३० जना वेपत्ता भएका छन् । घाइतेहरुको संख्या ३३ पुगेको छ ।
#Update २०७६.०३.२९ अहिले ६ बजेसम्म प्राप्त जानकारीअनुसार ५५ मृत्यु, ३० बेपत्ता, ३३ घाइते । २५०० भन्दा बढीको उद्दार । राहत शुरु। थप विवरण https://t.co/JvjNZUb4ZT #situation_report मा ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) July 14, 2019
नेपाल प्रहरीले जनाए अनुसार बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष रहेका छन् ।
— Nepal Police (@NepalPoliceHQ) July 14, 2019
बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३/३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३/३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
गृह मन्त्रालयको प्रकोप जाखिम निवारण पोर्टलमा उल्लेख भए अनुसार देशभर विगत ७ दिन यता देशभर ६७ स्थानमा पहिरो गरेको छ ।
पानी पर्ने क्रम जारी रहेकोले तराईका विभिन्न जिल्ला भएर बग्ने खोला,नदीको बहाव बढेर बाढीले विनास निम्त्याउन सक्ने अवस्था छ ।
बुलेटिन
२०७६-३-२९
आज प्रदेश १, २ र ३ को चुरेवाट बहने स-साना नदी जलाधारहरुमा थप वर्षा भईआकस्मिक बहाब पनि हुन सक्ने। प्रमुख तथा मझौला नदीहरु भने सतर्कता तह तलै रहने। #भोलीबाट देशैभरका नदीहरुमा अवस्था सामान्यिकरण हुने देखिएकाले विस्थापित समुदाय आ-आफ्नो टोल समुदाय फर्कन सक्नुहुने। pic.twitter.com/jkGvSAk1Ps— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 14, 2019


















