Prakash Adhikari July 15, 2019

 

लर्डस् क्रिकेट मैदान(लण्डन, इंग्ल्याण्ड),३० आषाढ । आईसीसी एक दिवसीय विश्वकप २०१९ को उपाधि आयोजक राष्ट इंग्ल्याण्डले जितेको छ । आइतबार लर्डस क्रिकेट मैदानमा भएको अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै क्रिकेटको जन्मभूमि इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।

निर्धारित ५० ओभरको खेलमा दुवै टीमको रन २ सय ४१  भएपछि खेल सुुपर ओभरमा पुगेको थियो । एक एक ओभर खेल खेल्न दिइएको सुपर ओभरमा पनि दुवै टिमले समान १५ रन जोडेपछि खेलमा टिमले प्रहार गरेका चौका र छक्काको आधारमा नतिजा घोषित गरिएको थियो ।

लर्ड्स मैदानमा सम्न्न फाइनलमा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २ सय ४ १ रनको योगफल तयार पारेको थियो । रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा  २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

england won icc World cup 2019को लागि तस्बिर परिणाम

सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिंग गर्दा बेन स्टोक्स र जोस बटलर ब्याटिंग गर्न आए। न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले बलिंग गरे। बोल्टको पहिलो बलमा बेन स्टोक्सले ३ रन,  दोश्रो बलमा बटलरले  १ रन , तेश्रो बलमा स्टोक्सले  चौका , चौथो बलमा स्टोक्सले १ रन ,पाँचौ बलमा बटलरले २ रन र  छैठौं बलमा बटलरले चौका प्रहार गरी १५ रनको योगफल तयार पारे ।

न्युजिल्याण्डलाई सुपर ओभरमा १६ रनको लक्ष्य दिएको  इंग्ल्याण्डको लागि बलिड.मा जोफ्रा आर्चरले बलिड. गरे र ब्याटिंगमा न्युजिल्याण्डले मार्टिन गुप्टिल र जेम्स निशमलाई मैदानमा उतार्यो ।

जोफ्राको पहिलो बल वाइड  भयो, पुन बलमा  निसमले २ रन जोडे,  दोश्रो बलमा निसमले छक्का  हाने,  तेश्रो  र चौथोबलमा  पनि उनले २ ।२  रन जोडे , पाँचौ बलमा १ रन  जोडे । जितको लागि न्युजिल्याण्डलाई २ रन आवस्यक रहेको बेला १ रन पुरा गरेपछि दोश्रो रन लिने क्रममा गुप्टिल रन आउट हुन पुगे।

सुपर ओभरमा दुवै टिमले समान १५ । १५ रन बनाए पनि पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले धेरै बाउन्ड्री प्रहार गरेको हुँदा इंग्ल्याण्ड विजेता हुन पुग्यो ।

England: Jason Roy, Jonny Bairstow, Joe Root, Eoin Morgan (capt), Ben Stokes, Jos Buttler(wk), Chris Woakes, Liam Plunkett, Jofra Archer, Adil Rashid, Mark Wood

New Zealand: Martin Guptill, Henry Nicholls, Kane Williamson (capt), Ross Taylor, James Neesham, Tom Latham (wk), Colin de Grandhomme, Mitchell Santner, Matt Henry, Trent Boult, Lockie Ferguson

यस अगाडि न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य हासिल गर्न मैदानमा उत्रेको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा २ सय ४१ रन जोडेका थियो । उसकोलागि वेन स्टोक्सले ८४, जस बटलरले ५९, जोनी वेयरिष्टोले ३६, जासन रोयले १७,लियम प्लुकेटले १०, क्याप्टेन इयान मोर्गनले ९, जो रुटले ७ र क्रिश ओकले २ रन जोडेका थिए ।

इंग्ल्याण्डलाई रोक्ने क्रममा न्युजिल्याण्डका जेम्स निसम र लक्की फर्गुसनले ३ । ३  तथा हेनरी निकोलस र कोलिन डे ग्राण्डहोमले समान १ । १ विकेट लिएका थिए ।

खेलमा पहिले टस जितेर पहिले ब्याटिडमा उत्रिएको न्युजिल्याण्डले निर्धारित ५०ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ४१ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्याण्डका लागि हेनरी निकोलसले ५५, टम लाथमले ४७, क्याप्टेन केन विलियम्सनले ३०, मार्टिन गुप्तिल र जेम्स निसमले समान १९ । १९, कोलिन डि ग्राण्ड होमले १६, रस टेलरले १५, मिचेल सान्टनरले ५,म्याट हेनरीले ४ र ट््रेन्ट बल्टले १ रनको योगदान गरेका थिए ।

न्युजिल्याण्डलाई रोक्ने क्रममा इंग्ल्याण्डका क्रिस ओक र लियम फ्लुकेटले समान ३ ।३ तथा जोफ्रा आर्चर र मार्क उडले १ । १ विकेट लिएका थिए ।

एक दिवसीय क्रिकेट विश्व कपको इतिहासमा क्रिकेटको जन्म भएको बेलायतले उपाधि जितेको यो पहिलो पटक हो । यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उपविजेतामा सिमित भएको थियो।

यता सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको न्युजिल्याण्ड लगातार दोश्रो पटक  उपविजेतामा सिमित हुन पुगेको छ ।

Share Now

Leave a comment.