निगमको आर्थिक प्रशासन सम्बन्धी व्यवस्था नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क. बमोजिम बनाइने विनियममा उल्लेख भए बमोजिम हुनेछ ।
काठमाडौं,३१ आषाढ । नेपाल वायुसेवा निगमको आषाढ मसान्तमा बसेको सञ्चालक समितिले गज्जब निर्णय गरेको छ , दुई तिहाईको सरकारलाई निर्देशन दिने ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले मित्र राष्ट चीनबाट ल्याइएका ६ वटा विमानको अन्तिम किस्ता नतिर्न प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई निर्देशन दिने दुस्साहस गरेको छ ।
ऐन अनुसार नेपाल वायु सेवा निगम सरकारी स्वामित्वमा रहेको संस्थान हो । यसको कार्यकारी प्रमुख र सञ्चालकहरु नेपाल सरकारले नै नियुक्त गर्दछ । यसलाई आन्तरिक उडानका साना विमान किन्न होस कि बाह्य उडानका ठूला विमान किन्न, नेपाल सरकार नै जमानी बसेर सरकारी वित्तीय संस्थाबाट कर्जा दिने गरेको छ ।
ऐनमा पनि सरकारले यसलाई माया नै गरेको छ । किसिमबाट कुनै व्यक्ति वा कम्पनी वा विदेशी मुलुकको सरकारलाई नयाँ हवाई यातायातको सञ्चालन गर्न दिनु पर्ने भएमा निगमको राय लिई नेपाल सरकारले इजाजत दिने कुराको निर्णय गर्ने व्यवस्था अद्यापि ऐनमा रहिरहेको छ । सरकारले निगमलाई यतिसम्म टाउकोमाथि राखेको छ कि सरकारले ल्याउने नियमावलीमा नाम मात्र उल्लेख गरेर विनियममा व्यवस्था भए अनुसार हुने व्यवस्था यसरी गरिदियो,
२७. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
२७(क)विनियम बनाउने अधिकार : आफ्नो सबै काम कारवाही व्यवस्थित गर्न यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही निगमले विनियम बनाउन सक्नेछ ।
२. आर्थिक प्रशासन सम्बन्धी व्यवस्था :
तर सरकारले यसरी टाउकोमा राखेको निगमले अहिले सरकारको टुपीदेखि नै सुसु गर्न थालेको छ ।
उत्तरतर्फ झुकाव भएको दुईतिहाईका बामसरकारलाई उतावाट आएर ५ बर्ष चलाई सकेको ६ वटा विमानको किस्ता नर्तिन कस्तो निर्देशन दियो ? निगमले !!

प्रधानमन्त्री ओलीले विशेष निगाहा गरेर आफ्नै गृह जिल्लाबाट टपक्क उठाएर कार्यकारी अध्यक्ष बनाउनुभएका मदन खरेल पदमा आसिन भएपछि सरकार र सरकार बनाउने संसदलाई समेत टेर्न छोड्नुभएको छ । संसदको सार्वजनिक लेखा समितिले निगमका एअरबस ३२० मा लाग्ने इन्जिनको मर्मत संभार र ३३० मा लाग्ने पावरवाई आवरका सम्बन्धमा भएको ठेक्का पट्टामा गरिएको अनियमितता सच्याउन तीन महिना अगडि दिएको निर्देशन उहाँले अझै पालना गर्नूभएको छैन । सो निर्देशन पालना गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत पटक पटक निर्देशन दिएको थियो तर त्यसलाई पनि उहाँले अवज्ञा गरिरहनुभएको छ ।
अहिले संस्कृति,पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री के.पी.ओली स्वयंले सम्हाल्नु भएको छ । मन्त्रालयको निर्देशनको अवज्ञा प्रधानमन्त्रीप्रतिकै आदेशको अनादार र उपेक्षाको रुपमा हेरिएको छ । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले निगमको वार्षिकोत्सवमा सबका सामु वायुसेवा निगमको व्यवस्थापनको निकम्बापनलाई सबै कर्मचारी र अतिथिका सामु फड्कार्नुभयो ।

कार्यकारी अध्यक्ष खरेलले सार्वजनिक वेइज्जतिको बदला लिनुभएको हो वा दुई तिहाईको कम्युनिष्ट सरकारको हैसियत नै यस्तै हो । सरकारले असाधारण र सुल्टै सुल्टो काम गरेको देख्नुहुने प्रधानमन्त्री के.पी. ओली अब निगममा आफैले पदासिन गराएका कार्यकारी अध्यक्ष खरेलले दिनुभएको निर्देशन अनुसार चिनिया जहाजको किस्ता नतिरी बस्नुहुन्छ कि ती जहाज समेत चलाउने सक्षम पात्र खोज्नुहुन्छ ?
निगमको बेडामा सन २०१४ मा चिनिया एम ए ६० र वाई १२ जहाजहरु भित्रिएका थिए । निगमसंग अहिले दुईवटा एम एम ए ६० र चार वटा वाई १२ जहाज रहेका छन् ।

निजी क्षेत्रका केही विमान कम्पनीले दुवै खाले विमान भाडामा लिएर चलाउन माग पनि गरेका छन् ।
निगमको वार्षिकोत्सवमा कर्मचारी युनियनका प्रतिनिधिले पनि चिनिया जहाज नेपाली सेनालाई दिएर निगमलाई आन्तरिक उडानमा नयाँ जहाज खरिद गर्नु उचित हुने अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले कडा प्रतिवाद गर्नुभएको थियो । उहाँको तर्क थियो, जहाज चलाउन योग्य छन भने निगमले किन चलाउन सक्दैन र अयोग्य छन भने थोत्रा जहाज स्याहार्नलाई नेपाली सेना कवाडी खाना हुन सक्दैन ।
प्रधानमन्त्री ओलीसंग कुम जोडेर निगममा प्रधानमन्त्रीको आशिर्वादको भ्रम देखाएर कर्मचारीलाई तह लगाउने इरादा राख्नुभएका कार्यकारी अध्यक्ष खरेल सपना भताभुड. भएपछि निगममा विदेशी व्यवस्थापन ल्याउने गृहकार्यमा लाग्नुभएको छ । भएका जहाज उडाएर ऋणको साँवा व्याजसम्म तिर्न असमर्थ निगमका कार्यकारी अध्यक्ष खरेलले आफूलाई अयोग्यको दर्जामा राख्दै आफूले सम्हालेको जिम्मेवारी सम्हाल्न विदेशी गुहार्न पुग्नुभएको छ ।
शेरचनलाई हटाएर ज्वाहरचनलाई अपरेशन्सको कमाण्ड
कार्यकारी अध्यक्ष खरेलले आफूले निगमको नेतृत्व लिएपछि निगमको अपरेशन्स विभागको प्रमुखमा वरिष्ठ क्याप्टेन आर के शेरचनलाई ल्याउनु भएको थियो । तर उहाँले आषाढको अन्तिम दिन आफैले ल्याएका विभागीय प्रमुखलाई हटाएर निगममा कनिष्ठ पाइलट मानिनुभएका क्याप्टेन दिपु ज्वाहारचनलाई अपरेशन विभागको प्रमुख बनाउनु भएको छ ।
निगम लथालिंगै भएको अवस्थामा कार्यकारी अध्यक्ष खरेल भने साउन ४ देखि ढुक्कसंग विदामा बस्न लाग्नुभएको छ ।




















