Prakash Adhikari July 28, 2019

 

सिंगापुर, १२ साउन । आईसीसी टी २० विश्वकप प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीच भैरहेको खेलमा नेपालको बलिड. फितलो देखिएको छ । १८ औ ओभरको अन्त्यमा सिंगापुरले ४ विकेटको क्षतिमा १ सय ७४ रन जोडिसकेको छ ।नेपालका विख्यात बलरहरुको जादू चलेको छैन । अबिनास बोहोराले ३ र करन केसीले १ विकेट लिएका छन् ।

सिंगापुरका ब्याटस्म्यानका अगाडि नेपाली बलर किन फितलो बने यो रहस्यमय छ । अब नेपाललाई विजयको निमित्त ब्याटिड.मा नै भरपर्नु पर्छ ।

सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सिंगापुरले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको थियो।

नेपालले अन्तिम खेलमा कुवेतसंग खेलाएको अन्तिम ११ खेलाडी लाईनै मैदानमा उतारेको छ ।

नेपाली टिममा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल , शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा र करन करन केसी रहेका छन् ।

आज सिंगापुरलाई पराजित गरेमा नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि २० विश्वकप ग्लोबल छनौटमा पुग्नेछ । ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि २० विश्वकप खेल्न छनौट हुनेछ।

नेपाललाई सिंगापुरले कुनै पनि सिनियर स्तरको क्रिकेटमा हालसम्म पराजित गर्न सकेको छैन। हालसम्म ३ खेल टि २० मा नेपाल र सिंगापुर खेल्दा २ वटामा नेपालले सहजै जित दर्ता गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहेको थियो।

टि(२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १र१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

Share Now

Leave a comment.