Prakash Adhikari July 28, 2019

 

सिंगापुर, १२ साउन । आईसीसी टी २० विश्वकप प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीच भैरहेको खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल चुनौति दिएको छ । २० ओभरको निर्धारित खेलमा सिंगापुरले ६ विकेटको क्षतिमा १ सय ९१ रन जोडेको छ ।

सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सिंगापुरले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको थियो।

आजको खेलमा नेपालका विख्यात बलरहरु सन्दीप लामिछाने, बसन्त रेग्मी, सोमपाल कामीको जादू चलेन । अबिनास बोहोराले ४ र करन केसीले २ विकेट लिएर नेपालको इज्जत राख्नु पर्यो् ।सिंगापुरका ब्याटस्म्यानका अगाडि नेपाली बलर किन फितलो बने यो रहस्यमय छ ।

अब नेपाललाई विजयको निमित्त ब्याटिड.मा नै भरपर्नु पर्छ । यसका लागि कप्तान पारस खड्का, यू १९ का कप्तान रोहितकुमार पौडेल, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद्भेषवाकर र विनोद भण्डारी मैदानमा अर्धशतकको हाराहारीमा रन नपुर्याएसम्म टिकीरहन आवश्यक देखिएको छ । चाडो विकेट गएर शीर्षस्थानका ब्याट्स्म्यान बाहिरिन पर्यो भने खेलको नतिजा नेपालको पक्षमा ल्याउन निकै कठिन वा लगभग असंभव नै हुन आउछ ।

नेपालले अन्तिम खेलमा कुवेतसंग खेलाएको अन्तिम ११ खेलाडी लाईनै मैदानमा उतारेको छ ।

नेपाली टिममा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल , शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा र करन करन केसी रहेका छन् ।

आज सिंगापुरलाई पराजित गरेमा नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि २० विश्वकप ग्लोबल छनौटमा पुग्नेछ । ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि २० विश्वकप खेल्न छनौट हुनेछ।

नेपाललाई सिंगापुरले कुनै पनि सिनियर स्तरको क्रिकेटमा हालसम्म पराजित गर्न सकेको छैन। हालसम्म ३ खेल टि २० मा नेपाल र सिंगापुर खेल्दा २ वटामा नेपालले सहजै जित दर्ता गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहेको थियो।

टि(२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १र१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

Share Now

Leave a comment.