Prakash Adhikari July 29, 2019

 

सीबी अधिकारी / रासस

काठमाडौं, १३ साउन ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा गर्न सकिने भएको छ ।

आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो ।

उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँ कायम गरिएको छ । निगमको यो प्रवर्द्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।

Osaka’s Kansai Airport to break flight records in upcoming summer season

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ ।

काठमाडौँदेखि जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।

निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो साढे दुई बजे उडेर ओसाकाबाट राति ११ बजेर ५५ मिनेटमा काठमाडौँ अवतरण गर्नेछ ।

वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए ।

निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।

kansai airportको लागि तस्बिर परिणाम

निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो । निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो ।

चीनको साङ्घाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।
नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् ।

विसं २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई पत्राचार गरेको थियो ।

जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् ।

Osaka city at nightको लागि तस्बिर परिणाम

सन् २०१७ मा २७ हजार ३ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।

Share Now

Leave a comment.