Prakash Adhikari August 8, 2019

 

काठमाडौं, २३ साउन । सिद्धार्थ क्यापिटलले आजदेखि सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ नामक म्युचुअल फण्डको एकाइ सार्वजनिक निष्कासनमा ल्याएको छ ।

सिद्धार्थ क्यापिटलले १ अर्ब ४० करोड बराबरको एकाइको बिक्री खोलेको हो। यसमा सर्बसाधारण लगानीकर्ताले प्रति एकाइ १० रुपैयाँका दरले १०० एकाइदेखि १ करोड ४० लाख एकाइसम्म लगानी गर्नसक्ने छन् । सबै एकाइ बिक्री भएमा साउन २७ गते नै यसको बिक्री बन्द हुने जनाईएको छ ।

सिद्धार्थ क्यापिटललले पहिलो योजना जस्तै दोस्रो योजनामा पनि उच्चतम प्रतिफलको प्रयास गरिने जनाएको छ। दक्ष लगानी ब्यवस्थापक तथा जोखिम ब्यवस्थापन गरी विविधिकरण गरेर लगानी गरी उच्चतम प्रतिफल हासिल गरिने योजना ब्यवस्थापक सिद्धार्थ क्यापिटलको प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।

सिद्धार्थ क्यापिटलको यो चौथो योजना हो । यसअघि दुई वटा योजनाको म्याद समाप्त भईसकेको छ।

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, दश वर्षे योजना हो, जसले पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौवर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिईने जनाएको छ ।

Share Now

Leave a comment.