Prakash Adhikari August 11, 2019

नयाँदिल्ली (भारत), २६ साउन(एजेन्सी) । भारतमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले नयाँ अन्तरिम अध्यक्ष चुनेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सोनिया गान्धीलाई फेरि अध्यक्ष बनाएको हो।

सोनियालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको कंग्रेस आईले जनाएको छ। पार्टीको अधिवेशनबाट नयाँ अध्यक्ष चुनिने छन्। अधिवेशनको मिति भने तोकिएको छैन।

यसअघि सन् १९९८ मा कंग्रेस आईकी अध्यक्ष बनेकी सोनियाले २०१७ डिसेम्बरमा पार्टी अध्यक्षबाट राजीनामा दिएकी थिइन्। आमाले राजीनामा दिएपछि उनका छोरा राहुल गान्धी कंग्रेस आईका अध्यक्ष बनेका थिए।

केही महिनाअघि भएको लोक सभाको चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि त्यसको जिम्मा लिँदै राहुलले अध्यक्षबाट राजीनामा दिएका थिए।

शनिबारको बैठकले राहुलको राजीनामा स्वीकृत गरेको छ।

Share Now

Leave a comment.