नयाँदिल्ली(भारत), ६ भाद्र। भारतमा जारी साफ यु–१५ च्याम्पियनसिपतर्फ नेपाली युवा टोलीले शुक्रबार पहिलो जित हात पारेको छ । यसअघि आफ्नो पहिलो खेलमा भारतसँग ५–० को लज्जाजनक हार बेहोरेको नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हरायो ।
कल्याणी स्थित कल्याणी स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफ गोलरहित बराबरीमा चिक्त बुझाएको थियो । यद्यपि दोस्रो हाफ शुरु भए लगतै ४६औं मिनटमा सशांक बोहराले नेपालका लागि पहिलो गारे । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अशिम राईले ८३औं मिनटमा नेपालका लागि दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
प्रतियोगितातर्फ नेपालले आफ्नो तेस्रो खेल आउँदै मंगलबार साविक विजेता बंगलादेशसँग खेल्नेछ ।
शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानलाई ५–२ ले हराएको थियो








