Prakash Adhikari September 6, 2019

 

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार अपरान्ह स्वेदश फर्कनु भएको छ ।

गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ । डा.शाहले विज्ञप्तीमा जनाए अनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । विज्ञप्तीमा भनिएको छ “ अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।”

प्रधानमन्त्रीको आग्रहमा उहाँसंग राजनीतिक परामर्श लिन नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर पुग्नुभएको थियो । उहाँहरु पनि प्रधानमन्त्री ओलीसंगै फर्कनु भएको छ ।

Share Now

Leave a comment.