Prakash Adhikari September 6, 2019

कोलम्बो(श्रीलंका),२० भाद्र । एसीसी यु १९ च्याम्पियनसीप अन्तरगत आज भएको आफ्नो पहिलो खेलमा नेपाली किशोरहरुको टीमले राम्रो खेल प्रदर्शन गरेपनि नतिजा आफूभन्दा राम्रो गर्ने प्रतिद्धन्द्धि श्रीलंकालाई सुम्पिन बाध्य भयो ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रणसिंघे प्रेमदासा क्रिकेट रंगशालामा भएको खेलमा नेपालले टस जितेर ब्याटिड. रोजेको थियो ।

बर्षाको कारण ४२ ओभरमा छोट्टयाईएको खेलमा नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

नेपालले दिएको १ सय ६० रनको चुनौतीले श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो ।

श्रीलंकाका लागि शुक्रबारको खेलमा कमिल मिश्राले ५५,अहन विक्रमसिंघेले ३०, आविष्का थारिन्दुले २५, निपुन धनञ्जय परेराले १८, रभिन्दु डे शिल्भाले १५,नभोद दिनुश्री परनाभिथानले १२ र चमिदु विजयरत्नेले १ रनको योगदान गरे।

 

PLAYING XI

SRILANKA (U-19)

  • Nipun Dananjaya *
  • Kamil Mishara +
  • Navod Dinusri
  • Ravindu De Silva
  • Ahan Wickramasinghe
  • Avishka Tharindu
  • Chamidu Wijesinghe
  • Rohan Sanjaya Silva
  • Amshi De Silva
  • Ashian Daniel
  • Dilshan Madushanka

NEPAL (U-19)

  • Rohit Kumar Paudel *+
  • Bhim Sharki
  • Kushal Malla
  • Sagar Dhakal
  • Mahamad Asif Sheikh
  • Kamal Singh Airee
  • Rit Gautam
  • Pawan Sarraf
  • Rasid Khan
  • Surya Tamang
  • Hari Bahadur Chauhan

श्रीलंकालाई रोक्ने क्रममा नेपालका रसिद खानले २, पवन सर्राफ,सागर खनाल र कमलसिंह ऐरीले एक एक विकेट लिए ।

यस अगाडि टस जितेर ब्याटिड. गरेको नेपालले बर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ५९ रन जोडेको थियो ।

नेपालका लागि नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए । उनले ५४ रन बनाएका थिए ।त्यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए । अरु खेलाडीले दोहोरो रन बनाउन सकेनन् । आसिफ सेख ७ रनमा, पवन सर्राफ ४ रनमा, कुशल मल्ल र कमलसिंह ऐरी २ । २ रनमा आउट भए भने भीम सार्की र सूर्य तामाड.ले १ । १ रनमै चित्त बुझाउन पर्यो ।

नेपाललाई रोक्ने क्रममा श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए ।

अभ्यासका चरणका तीन खेलमध्ये दुई खेलमा स्थानीय क्लबहरुसंगै पराजित भएको नेपाली यु १९ टीमको प्रदर्शन राम्रो थियो तर नतिजा आफ्नो पक्षमा पार्न टेष्ट राष्टको टीम सफल भयो ।

Share Now

Leave a comment.