काठमाडौं,२१ भाद्र । नेपालका पदयात्री व्यवसायीहरुको संंस्था(टे्र्किड एजेन्ट्स एशोसिएसन अफ नेपाल, टान)को शुक्रबार सम्पन्न निर्वाचनमा खुमबहादुर सुवेदीको नेतृत्वमा रहेको लोकतान्त्रिक समूहले अधिकांश पदमा विजय हासिल गरेको छ ।
निर्वाचनको घोषित परिणाम अनुसार अध्यक्षमा खुमबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर घिमिरे,द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा सरिता लामा(वामपन्थी प्यानलबाट) सचिवमा दामोदर खनाल, कोषाध्यक्षमा ऋतु ग्याम्दान, सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ,महिला सदस्यमा निमा डिकी शेर्पा(वामपन्थी प्यानल), सनम शेपा,सिक्वीर घले, कान्छा शेर्पा,सोनाम ग्याल्जे(वामपन्थी समूह),प्रेमबहादुर लामा, ठाकुर सापकोटा, रामबहादुर गुरुड. र मिड.मा तेन्जिड. शेर्पा विजयी हुनुभएको छ ।





















