Prakash Adhikari September 7, 2019

 

कोलम्बो(श्रीलंका),२२ भाद्र । एसीसी यू–१९ एसिया कप अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपाली किशोर टीम आज टेष्ट मान्यता प्राप्त बंगलादेशको टीमसंग भिड्दैछ ।

आजको खेल प्रेमदाशा क्रिकेट मैदानमा विहान सबा १० बजेबाट सुरु हुनेछ ।


नेपालले बंगालादेशसँग आठ पटक खेलेको छ । १९९८ मा पहिलो पटक आमने सामने भएका यी दुई टिम यस अगाडि बंगलादेशमा नै द्धिपक्षीय श्रृखला खेलका थिए । नेपालले बंगलादेशलाई दुई पटक हराएको छ ।

नेपाललेसन् २००२ को विश्वकपको प्लेट च्याम्पियनसीपमा बंगलादेशलाई पराजित गरेको थियो भने अन्तिम पटक बंगलादेशलाई दुईपक्षीय श्रृखलामा उसकै मैदानमा हराएको थियो ।

दुबै खेलमा बंगलादेशलाई हराउँदा विनोद दास टिममा रहेका थिए । २००२ मा उनी खेलाडीका रुपमा थिए भने पछिल्लो पटक प्रशिक्षकका रुपमा । बंगलादेशमा हराउँदा आसिफ शेखले ९० रन बनाएका थिए ।

उपाधिको लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा टिम पहिलो खेलमा श्रीलंकासँग पराजित भएपनि बंगलादेशविरुद्धको खेलमा अब्बल प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

बंगलादेशले पहिलो खेलमा युनाइटड अरब इमिरेट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

Share Now

Leave a comment.