काठमाडौं, २३ भाद्र । तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा दुईदेशका बीचको आपसी सम्बन्ध, पारस्पारिक सहयोगका साथै चीनका राष्टपति सि जिनपिड.को आगामी अक्टोबर महिनामा हुने नेपाल भ्रमणका विषयमा कुराकारी भएको थियो ।
विदेश मन्त्री यी नेपाल र चीन बीचको उच्चस्तरीय बैठक पछि वाङ प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटको लागि बालुवाटर पुग्नुभएको थियो ।
उक्त बैठकमा तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उहाँले आजै राष्ट्रपति विद्या भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विशिष्ट पाहुँनाको स्वागतमा आज साँझ आयोजना गर्ने रात्री भोजमा उहाँ सरिक हुनुहुनेछ ।


















