काठमाडौं,२३ भाद्र । नेपाल र चीनबीचको विदेशमन्त्रीस्तरीय संयन्त्रको सोमबार बसेको बैठकमा तीन वटा विषयमा हस्ताक्षर भएको छ।
याक एण्ड यति होटलमा सम्पन्न उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो।
बैठकले नेपालको मनाङमा करिब ३५ करोड रुपैयाँमा चीनले अस्पताल बनाइदिने, चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र नेपाललाई आपतकालीन अवस्थाको तयारी स्वरुप ५ हजार थान पाल दिने सहमति भएको हो।
बैठकमा चीनका विदेशमन्त्री वाङ, नेपालका पराष्टमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र सचिव शंखरदास वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव कालीप्रसाद पोखरेललगायत सहभागी हुनुहुन्थ्यो।
आइतबार साँझ नेपाल आइपुग्नुभएका चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।


















