Prakash Adhikari September 14, 2019

रियाद(साउदी अरब),२८ भाद्र(बीबीसी) । ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्।

संसारकै सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो।

सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्।

इरान निकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रमणका लागि १० वटा ड्रोन प्रयोग गरेको बताएका छन्।

बेरुतमा रहेको हुथी समूहको अल-मसिरा टीभीमा ती प्रवक्ताले थप आक्रमण हुने बताएका छन्।

तर यी आक्रमणहरू कसले गर्‍यो भन्ने बारे सउदी अरबले केही खुलाइएको छैन।

“स्थानीय समय बिहान चार बजे अरामकोका सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउने प्रयास शुरू गरेका थिए,” सरकारी साउदी प्रेस एजेन्सीले लेखेको छ।

“दुई आगलागी नियन्त्रणमा आएको छ।”

अबकाइक र कुरिस साउदी अरबको पूर्वी प्रान्तमा रहेका छन्

Share Now

Leave a comment.