Prakash Adhikari January 9, 2018

काठमाडौं, २५ पौष । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको अनशनस्थलबाट पक्राउ गरिएका प्रा. डा. गोविन्द के.सी.को समर्थन र उनको अमर्यादित तथा अनावश्यक पक्राउको विरोध गर्दै मंगलबार बिहान ८ बजेदेखि माइतीघर मण्डलामा नागरिक समाजका तर्फबाट प्रदर्शन भएको छ ।

प्रदर्शनमा पूर्व स्वास्थ्य मन्त्री गगन थापाको समेत सहभागिता रहने जनाइएको छ ।

न्यायिक भ्रष्टाचारको अन्त्य हुनु पर्ने माग सहित अनशनमा बसेका डा. .सी.लाई नेपाल प्रहरीले सोमबार साँझ पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तको हिराशत राखिएको छ ।

उनलाई मंगलबार ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतको एकल इजलाशले आदेश दिएको थियो तर पक्राउ गर्न भनेको थिएन ।

केसी पक्राउको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूलाई जानकारी नै नदिइ पक्राउ गरिएको र अनावश्यक रुपमा पक्राउ गरिएकोमा असन्तुष्टी जनाएका छन् ।

सामाजिक सञ्जालमा डा. के.सी.लाई तुरुन्त रिहा गर्न आग्रह गर्दै व्यापक प्रतिक्रियाहरु आएका छन् ।

नवनिर्वाचित सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले ‘सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उनलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।’

Share Now

Leave a comment.