Prakash Adhikari October 17, 2019

नयाँदिल्ली(भारत),३० असोज । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने यही नोभेम्बर १४ देखि २४ तारिखसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुने १०–१० ओभर फम्र्याटको क्रिकेट खेलमा छनोटमा पर्न सफल हुनुभएको छ ।

उहाँलाई कर्नाटका टसकर्सले जारी ड्राफ्ट मार्फत पहिलो राउण्डमै लिएको हो । उहाँको पारिश्रमिक ४५ हजार डलर तोकिएको छ ।

कर्नाटका टसकर्स टिमको नेतृत्व हासिम अमलाले गर्नुभएको छ ।

सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेल्नुभएको थियो ।

यसैबीच इंगल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पर्न सफल सन्दीपलाई बर्मिङ्घम फोनिक्सले अनुबन्धित गर्न चाहेको कुरा सार्वजनिक भएको छ ।

सो ड्राफ्टमा सन्दीपलाई १लाख पाउण्डको क्याटगोरीमा राखिएको छ । सो डफ्टको अक्सन अक्टोबर २० आइतबार हुने भएको छ ।

एक सय बलको हुने ‘द हन्ड्रेड’ प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ ।

Share Now

Leave a comment.