काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बिहिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्त विजयी हुनुभएको छ ।
उहाँले प्रतिस्पर्धी कुल आचार्यलाई १ सय ४७ मतले पराजित गर्नुभएको हो।
विजयी पन्तले कुल १ हजार २ सय १७ पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी कुल आचार्यले १ हजार ७० मत पाउनु भएको थियो ।
निर्वाचनको नतिजाको औपचारिक घोषणा हुन बाँकी छ ।
उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी हुनुभएको छ । उपाध्यक्षमा विजयी भएका केसी र थापा कुल आचार्य प्यानलबाट उम्मेद्वार बन्नुभएको थियो ।
महासचिवमा डा. हेमराज शर्माले कुल आचार्य प्यानलकी जानकी गुरुड.लाई जित्नुभएको छ । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्माले बाजी मार्नुभएको छ ।
कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल निर्वाचित हुनुभएको छ ।
बिहिबार भएको मतदानमा कुल २ हजार ३ सय ४१ मत खसेको थियो ।
कसले कति मत पाए ?





१ कार्तिक २०७६, शुक्रबार १३:१२ मा प्रकाशित


















