
काठमाडौं, ३ कार्तिक । नेपाल क्रिकेट संघको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक आइतबार बसेको छ ।
संघका नव निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बोर्डको पहिलो बैठकले ४ वटा समिति बनाएको छ । नयाँ कार्य समितिले प्राविधिक, आर्थिक, प्रतियोगिता र मिडिया हेर्ने समितिको संयोजक तोकेको छ ।
प्राविधिक समितिको संयोजकमा संजय सिंह चयन हुनुभएको छ भने प्रतियोगिता समितिका संयोजकमा प्रशान्त मल्ल, आर्थिक समितिको संयोजकमा क्यानका कोषाध्यक्ष रोशन सिंह र मिडिया संयोजकमा अशोकनाथ प्याकुरेललाई चयन गरिएको छ ।
गत मंगलबार राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिनुभएका पारस खड्काको राजीनामाका सम्बन्धमा कार्य समितिको बैठकमा विषय प्रवेश गरे पनि छलफल हुन पाएको छ ।
यस्तै हाल नेपालमा भइरहेका फ्रेन्चाइज लिगलाई ब्यवस्थापन र समन्वय गर्ने काम प्रतियोगिता संयोजक समितिले गर्ने भएको छ।