कीर्तिपुर(काठमाडौं), ५ कार्तिक । क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
बिराटनगर टाइटन्सलाई ९ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।
विराटनगरलाई रोक्ने क्रममा काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् ।
जवाफमा क्याट क्विन्सले ९.५ओभर एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
काठमाडौंको जितमा अप्सरी बेगमले २७ तथा कप्तान रुविना क्षेत्रीले ३४ रनको योगदान गरिन ।
अब काठमाडौंले उपाधिका लागि बिहिबार चितवनसँग प्रतिस्पर्धा गर्ने छ ।


















