काठमाडौं।१५ कार्तिक । सनराइज बैंक लिमिटेडको शुक्रबार सम्पन्न १२ औं साधारण सभाले शेयरधनीहरुका लागि बोनस र नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले १० प्रतिशतका दरले हु ने ८१ करोड बाउन्न लाख पचपन्न हजार ५ सय ८५ रुपैयाँ १० पैसा बराबरको बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
त्यस्तै बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हालको चुक्ता पूँजीको ५ दशमलव ८० प्रतिशतका दरले हुने ४७ करोड २८ लाख ४८ हजार २ सय ३९ रुपैयाँ ३६ पैसा र बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधरण सभाबाट पारित भएको छ ।


















