Prakash Adhikari November 2, 2019

काठमाडौं,१६ कार्तिक । शनिबार बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको निक्यौल गर्न बसेको बैठक अनिर्णित हुँदै टुंगिएको हो ।
बैठक आइतबार पुन बस्ने गरी टुंगिएको छ ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

करिब ३ घण्टासम्म चलेको बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा पनि नेताहरुवीच छलफल भएको स्रोतले बतायो ।

Share Now

Leave a comment.