Prakash Adhikari November 2, 2019

 

काठमाडौं, १६ कार्तिक । नेपाली सेनाले इन्डोनेसियामा झन्डै साढे ३ अर्बमा खरिद गरेको नयाँ विमान शनिबार काठमाडौं आइपुगेको छ।

सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले २ वर्षअघि खरिद सम्झौता गरेको सीएन २३५–२२० विमान शनिबार बिहान नेपाल आइपुगेको हो।

विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले इन्डोनेसियाको सरकारी विमान निर्माता कम्पनी पीटी डिरागान्तारासंग संझौता गरेको थियो । नेपाली सेनाले सो जहाज ३० मिलियन अमेरिकी डलरमा ल्याएको हो । यसको नेपाली मूल्य हालको विनिमयदरमा झण्डै ३ अर्ब ३८ करोड रूपैयाँ पर्न आउछ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार यो जहाज बहुउपयोगी छ। विमानको भित्री सीट कन्फिगरेशन आवश्यकताअनुसार परिमार्जन गरी उपयोगमा ल्याउन सकिने खालको छ ।

‘यो जहाजलाई विपद् उद्धार, राहत सामग्री ओसारपोसार, औषधी तथा सैन्य बन्दोवस्तीका सामानहरु ढुवानीदेखि सैनिक ओसारपोसार र विशिष्ट व्यक्ति (भीभीआईपी)को उडानमा पनि प्रयोग गर्न सकिन्छ ,

नेपाली सेनासँग हाल एक दर्जन जति सञ्चालनमा रहेका र १५ वटा भूमिस्थ गरी २७ वटा हवाई साधन छन् ।

Share Now

Leave a comment.