Prakash Adhikari November 15, 2019

 

काठमाडौं, २९ कार्तिक । ज्योति ग्रुपका उपाध्यक्ष डा. रूप ज्योति शुक्रबार प्रहरी हिरासतबाट मुक्त हुनुभएको छ ।

लेनदेन मुद्दामा जाहेरीवाला विजेन्द्रकृष्ण मल्लसंग सरकारी वकिलको कार्यालयमा मिलापत्र भएपछि महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट उहाँ हिरासतमुक्त हुनुभएको हो ।

ज्योति ग्रुपले डेभलप गरेको ल्याण्डमार्क हाउजिड.को घरजग्गाको अग्रीम भुक्तानी र घरजग्गा प्राप्तिसम्बन्धी विवादमा जाहेरीवाला मल्ललाई सत्ता संरक्षित डनहरु उक्साएर थुनाउन उत्प्रेरित गरेको रहस्योद्घाटन उहाँ पक्राउ परेपछि भएको थियो ।

ज्योति ग्रुपद्धारा प्रबद्र्धन गरिएको ल्याण्डमार्क हाउजिड.ले विकास गरेको वाँसबारीको हाउजिड.मा निर्माणाधिन घरको अग्रीम बुकिड.को प्रस्ताव आह्वान भएपछि मल्लले पहिले १० लाख तिरेर बुकिड. गराउनुभयो । ल्याण्डमार्कले सो जग्गमा भवन निर्माणको लागि सीई कन्स्ट्रक्सनलाई जिम्मा दियो ।

उहाँले पहिले बुकिड. गराएको प्लटमा आफूले भने अनुसारको भवन निर्माणका लागि निर्धारित रकम मध्ये १ करोड २६ लाख सीई कन्स्ट्क्सनका प्रमुख शम्भु फूँयाललाई भुक्तानी गर्नुभयो । घर बनाएर हस्तान्तरण गर्दा २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो।ल्याण्ड मार्क डेभलपर्सको सञ्चालकमा ज्योति ग्रुपका कम्पनीहरु रहेका छन् ।

तर यस बीचमा ल्याण्डमार्कले मल्ललाई पहिले बुकिड. गरिएको जग्गामा बन्ने घर दिन नसक्ने जानकारी दियो । पहिले बुकिड. भैसकेको र जग्गाको भाउ बर्षेनी बढ्दै जाने गरेकोले मल्लले सोही जग्गा र त्यसमा बन्ने घर पाउनुपर्ने अड्डी लिनुभयो । पैसा फिर्ता लिन मान्नुभएन ।

घर नदिने ल्याण्डमार्कको निर्णयले राकिनुभएका मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिनुभयो ।प्रहरीले जाहेरी मुताविक रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट आदेश लियो। जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिका नाममा पक्राउ पूर्जी जारी गर्न अनुमति दियो।

जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै डा. रूपज्योति मंसिर २४ गते सर्वोच्च अदालत जानुभयो । देवानी प्रकृतिको लेनदेन मुद्दा भएकोले निषेधाज्ञा जारी गर्नु नपर्ने भन्ने अन्तरिम निर्णय गर्दै पक्रने मार्ग अदालतले बन्द गरिदियो ।

तर कार्तिक १८ गते पहिलेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले पहिलेको अन्तरिम निर्णय खारेज गरिदियो । पक्रन पाउने मार्ग खोल्यो । आफ्नो पुरानो प्रतिवादीलाई थुनाउने धोको पालेर बस्नुभएका मल्लले सो निर्णयको प्रतिलिपीसहित डा. ज्योति र उहाँका परिवारजनलाई पक्राउ गर्न पुन प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कार्तिक २१ गते बिहिबार सिंगापुरको सिल्क एअरबबाट त्रिभुवन विमानस्थलमा उत्रनुभएका डा. रुपज्योति र उहाँकी सुपुत्री सुरुचि ज्योतिलाई आगमन कक्षबाट बाहिर निस्कने वित्तिकै राती ८ : ०० बजे पक्राउ गर्यो ।

पहिलो पटक ३ दिन हिराशत राख्न अदालतबाट अनुमति लिएको प्रहरीले दोस्रोपटक अनुसन्धानको लागि ५ दिन थुुुनामा राख्ने अनुमति माग्दा डा. ज्योतिले निकै मर्मस्पर्सी ढंगले सत्य र तत्यसहित अदालतमा आफ्नो कुरा राख्नुभयो ।

उहाँका अनुसार जाहेरीवाला मल्लले दिएको भनिएको रुपैया ज्योति ग्रुपको संलग्नता रहेको ल्याण्डमार्कमा पनि बुझाउनु भएको थिएन । सीई कन्स्ट्रक्सनलाई बुझाउनुभएको थियो । पहिले नै जिल्ला अदातलमा अनुमति लिने बेलामा सो विवादित भएको रकम जतिको रकम भुक्तानी गरिदिन शम्भु फूँयालमार्फत जम्मा भैसकेको थियो । छोरी सुरुचि र परिवारका अन्य सदस्यहरुको प्रत्यक्ष संलग्नता ल्याण्डमार्क हाउजिड.संग रहेको थिएन् । यो विवाद चलिरहेको बेलामा केही माओवादी सांसद र उच्च पदमा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको नाम लिंदै केही सन्देहास्पद व्यक्तिहरुले ५ करोड रुपैयामा यो विवाद सल्ट्याइदिने आश्वासन दिएका थिए ।

सञ्चार माध्यमहरुले यस प्रकरणमा उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री रामबहादुर थापाका सुपुत्रहरुलाई डनहरुले उपयोग गरेको उल्लेख गरेका छन् । राजनीतिक शक्तिका आडमा गुण्डाहरुले घरानिया व्यापारीहरुलाई थर्काएर दुहुनो गाई बनाउन खोजेको थाहा पाएपछि डा. रुप ज्योतिले हृदयदेखि संकल्प गर्नुभयो, म अस्पताल पनि जान्न र यो प्रकरण स्वयं सामना गर्दछु भन्ने ।

उहाँले हिरासतबाटै यस घट्नाको सत्य बताउन थालेपछि व्यापारिक संघसंस्थाहरुको उहाँप्रति सद्भाव र ऐक्यवद्धता बढ्दै गयो । नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारी र प्रतिनिधिहरुले उहाँलाई हिराशतमै भेटे ।

हिजो बिहिबार नेपाल उद्योग वाणिज्य संघको आह्वानमा राजधानीमा उद्योगी,व्यापारी र व्यवसायीहरुले उहाँलाई विनाशर्त रिहाई गर्ने माग गर्दै ऐक्यवद्धता जुलुस र प्रदर्शनी गरे । व्यापारिक जगतमाथि सत्तारुढ दलका शक्तिशाली व्यक्तिहरु, उपराष्ट्रपति देखि गृहमन्त्रीसम्मको नाममा ठगी गर्ने गिरोहको पर्दाफास हुन लागेपछि जाहेरीवाला विजेन्द्रकृष्णले पनि आफूलाई उपयोग गरेर ठगहरुले नेपालका उद्योगी र व्यापारीहरुलाई सताएको चाल पाउनुभयो र जाहेरी फिर्ता लिन निवेदन दिनुभयो ।

उहाँले दिएको निवेदन बिहिबार सरकारी वकिलको कार्यालयमा पठाइयो । सरकारी वकिलको कार्यालयले प्रक्रिया मिलाएर पेश गर्न पुन प्रहरीकहाँ फाइल फिर्ता गर्यो । शुक्रबार प्रहरीले तयार पारेको कागजातसहित सरकारी वकिलको कार्यालयमा दुवैपक्षबीच मिलापत्र भएपछि डा. रुप ज्योति हिराशतमुक्त हुनुभयो ।

जे भए पनि डा.ज्योतिले सत्ताको आडमा गुण्डाराज चलाउनेहरुलाई एक पाठ पढाएर छोड्नु भयो । प्रहरीको कस्टडीमा बसेर इथिकल विजनेशको लडाई जित्नुभयो ।

Share Now

Leave a comment.