Prakash Adhikari November 20, 2019

 

आबुधाबी(संयुक्त अरब इमिरेट्स), ४ मंसिर । नेपाली क्रिकेटका चम्किला तारा सन्दीप लामिछानेले आफू विश्वको प्रथम श्रेणी(फस्र्ट क्लास)को खेलाडी बन्न चाहेको बताएका छन् ।

इसपीएन क्रिकेटइन्फोसंगको भिडियो अन्तर्वार्ताको क्रममा उनले सो कुरा बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा उनले विश्वका चर्चित लिगहरुमा फ्रेञ्चाइज क्लबहरुबाट खेल्दाको आफ्नो अनुभव निकै रोमाञ्चक रहेको बताएका छन् ।

अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस् :  सन्दीप लामिछाने

उनी भन्छन, फ्रेञ्चाइज लिगको खेलले मलाई विश्वका धेरै खेलाडीहरुलाई नजिकबाट चिन्ने र उनीहरुको व्यवहार र अनुभवका धेरै सिक्ने अवसर मिल्यो ।

उनले क्रिकेट यात्राले आफूलाई जीवनमा हाँस्न सिकाएको पनि बताए । उनले संसारभरका चर्चित खेलाडीहरुबाट ज्ञान,सीप,अनुभव लिनका लागि फ्रेञ्चाइजको यात्रा निकै उपयोगी भएको पनि बताए ।

आफ्नो खेल यात्रालाई संझदै उनी भन्छन्, क्रिकेटकै खेलाडी भएकोले क्रिकेट के हो , यसमा कति गर्न सकिन्छ भन्ने हामीलाई थाहा छ । तर मेरो यात्राको रमाइलो पक्ष यो रह्यो कि जो नेपालीले क्रिकेटका बारेमा धेरै जानेका थिएनन्, उनीहरुले पनि क्रिकेटको संभावनाका बारेमा जाने । नेपालीको क्षमताको बारेमा जाने ।

नेपाली युवा खेलाडी सन्दीपले नेपाली दर्शकलाई, क्रिकेटका फ्यानहरुलाई सधै उच्च महत्व दिंदै आएका छन् ।आफ्ना समर्थक, नेपाली क्रिकेटका समर्थकहरुले आफूलाई सधै अगाडिब बढ्न राम्रो खेल्न तथा खेलमा निखार ल्याउ अभिप्रेरित गर्दै भनेका छन् , मलाई लाग्छ नेपाली क्रिकेट समर्थकहरु मैदानमा रिजर्व बसेका १२ औं खेलाडी हुन् ।

उनले अष्ट्ेलियाको विगव्याससंगको आबद्धतालाई आफ्नो बाल्यकालको सपना साकार भएको रुपमा ब्याख्या गरेका छन् । उनी गत बर्षको खेलमा आफूले नेपाली क्रिकेटप्रेमीबाट अष्ट्रेलियाका विभिन्न मैदानमा पाएको उत्साहबर्धक समर्थन स्मरणीय रहेको पनि बताए ।

Share Now

Leave a comment.