Prakash Adhikari November 21, 2019

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ महिनाको अवधिमा लामो अभ्यास पछि बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा उहाँलाई साथ दिंदै आएका ६ मुन्त्री र ३ राज्यमन्त्री बर्खास्तमा पर्नुभएको छ भने ६ मन्त्री र ३ राज्यमन्त्रीले उहाँको साथमा देश र जनताको सेवा गर्ने अवसर पाउनुभएको छ ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीद्धारा बुधबार पुनर्गठित मन्त्रिपरिषद्मा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ भने रामेश्वर राय श्रम र लेखराज भट्टले उद्योग मन्त्रालय सम्हाल्नु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले सांसद मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रिहरुको सपथग्रहण बिहिबार हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई पदीय जिम्मेवारीबाट मुक्त गर्नुभएको छ ।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री हुनुभएको थियो ।

यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि बर्खास्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिनुभएको छ । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्नुभएको छ भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि मन्त्रिपरिषद्मा यथावत हुनुहुन्छ ।

Share Now

Leave a comment.