Prakash Adhikari November 21, 2019

 

आबुुधाबी(संयुक्त अरब इमिरेट्स), ४ मंसिर । संयुक्त अबर इमिरेट्सको आबुधावीमा भैरहेको आबुधावी टी १० लिगमा टीमको चौथो खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले एक विकेट लिएका छन् ।

कर्नाटका टस्कर्स र मराठा अरबियन्स बीच भएको बुधबारको खेलमा उनले एक विकेट लिने सफलता पाएका हुन् । तर खेल भने वर्षाको कारण नतिजाविहिन टुंगिएको छ।

शेख जायद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो

पहिलो इनिंग सकिएपछि बर्षा भएपछि खेल पुनः सुचारु हुन सकेन।

कर्नाटकाको बलिङ्गमा सन्दिप लामिछाने, नाथन रिमिंगटन र एहमद राजाले १ /१ विकेट लिएका थिए।

 

इनिंगको पाँचौ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई पहिलो बलमै एडम लिथले फाइन लेगको माथि स्विप गर्दै छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा पनि लिथले काउ कर्नर माथि छक्का प्रहार गरे। त्यसपछि सम्हालिने क्रममा बाँकी ३ बलमा उनले २ वटा सिंगल मात्र दिए।

आठौँ ओभरमा दोश्रो तथा अन्तिम ओभर बलिङ्ग गर्ने क्रममा सन्दिपले ९ रन खर्चेर १ विकेट लिए। यस क्रममा ओभरको दोश्रो बलमा उनले एडम लिथको विकेट लिए। ५० रन बनाउदै लिथ अघि बढेर खेल्दा बाहिरि किनारा लागेपछि सर्ट थर्ड म्यानमा क्याच आउट भएका थिए। त्यसपछि ओभरको पाँचौ बलमा क्रिस लिनले सन्दिपले गरेको छोटो बललाई लंग अन माथिबाट छक्का प्रहार गरे।

सन्दिपले २ ओभरमा २५ रन खर्चेर १ विकेट लिए।

प्रतियोगितामा सन्दीपले हाल सम्म ४ खेलमै ४ विकेट लिएका छन्। पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट, बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट लिएका सन्दीप डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्च गर्दा विकेटविहिन रहेका थिए ।

खेल पछि कर्नाटका अंक तालिकामा छैठौं स्थानमा रहेको छ।  उसले ४ खेलमा  १ जित, २ हार र १ नतिजाविहिन अंक पछि ३ अंक बटुल्न सकेको छ।

लिग अन्तर्गत कर्नाटकाले अब आगामी खेल बिहिबार कलन्दर्ससंग खेल्नेछ। खेल नेपाली समय ७ः ३० बजे सुरु हुँदैछ।

Share Now

Leave a comment.