Prakash Adhikari November 26, 2019

काठमाडौं, १० मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार बिहान पेट दुखेपछि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना भएका छन्।

उनलाई हेरेका चिकित्सक प्राध्यापक अरुण सायमीले प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको पुष्टि गर्दै उनलाई अपेन्डिसाइटिस भएको बताए।

प्रधानन्त्री ओलीको अहिले शल्यक्रियाको भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

यसअघि उनले प्रधानमन्त्रीले पेट दुखेको भनेपछि अस्पताल ल्याइएको बीबीसीलाई बताएका थिए।

झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्।

हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।

अस्पतालमा दुई दिन बसेर अक्टोबर ३१ मा आफ्नो निवास फर्कँदै प्रधानमन्त्री ओली
अस्पतालमा दुई दिन बसेर अक्टोबर ३१ मा आफ्नो निवास फर्कँदै प्रधानमन्त्री ओली
एपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि चिकित्सकहरूले उनको परीक्षण गरेका थिए।

स्वास्थ्यमा समस्या भए पनि ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका छैनन्।

मङ्गलवार अपराह्न प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकुद सागमा भाग लिने नेपाली खेलाडीहरूलाई भेट्ने कार्यक्रम रहेको थियो।

मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ।

अपेन्डिसाइटिस हुँदा ब्याक्टेरियाको सङ्क्रमण तथा आन्द्रामा अवरोध पुग्दा बिरामी व्यक्तिलाई पेट दुख्ने र गम्भीर समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।

अपन्डिसाइटिस हुँदा समयमै शल्यक्रियामार्फत् अपेन्डिक्स निकालेर उपचार गरिन्छ।(बीबीसी)

Share Now

Leave a comment.