Prakash Adhikari November 26, 2019

काठमाडौं,१० मंसिर । नेपाल-भारत पारवहान सन्धि पुनरावलोकन सम्बन्धी बैंठक अहिले काठमाडौंको याक एण्ड यति होटलमा बसिरहेको छ ।

मंगलबार नेपाल-भारत पारवहान सन्धिको पनरावलोकन सम्बन्धी बैठकमा नेपालले समुद्रमा पानी जहाज चलाउने र नेपाल भारतका अन्य थप नाका खोल्ने प्रस्ताव राख्दै नयाँ सन्धि गर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नबराज ढकालले जानकारी दिनुभएको छ ।

नेपाल(भारत पारवाहन सन्धि पुनवरालोकन सम्बन्धि प्राविधिक समितिबिच सन् १९९९ मा पारवाहन सन्धि पुनरावलोकन भएपछि पुन मंगलबार पुनरावलोकन गर्न लागिएको हो । उक्त पारवाहन सन्धि पुनवरालोकनसम्बन्धी प्राविधिक समितिमा नेपालको तर्फबाट उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नबराज ढकाल, सहसचिव तर्कराज भट्ट, न्याय तथा संसदिय व्यवस्था मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयका सहसचिव गोपाप्रसाद गौतम, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, शरविक्रम राणा, व्यापार निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, परराष्ट्र मन्त्रालयका उपचसचिव मणिरत्न शर्मा र कलकत्ता स्थिति महाबाणिज्य कार्यालयका डेपुटी काउन्लि जेनरल नारायणप्रसाद शर्माको सहभागीता रहेको छ ।

भारतको तर्फबाट बाणिज्य विभागका अतिरिक्त सचिव भूपेन्द्र एस भल्लाको नेतृत्वमा जलमार्ग प्रधिकारण भारतका अध्यक्ष प्रविर पाण्डे, रेल विभागका अजय प्रताप सिंह, भारतीय दूतावास काठमाडौं प्रथम सचिव आर्थिक प्रभ्जित सिंह गुलाती, सिपिङ विभाग भारतका उपसचिव सतिस कुमारको टोलीको वार्तामा सहभागी छ ।

उक्त दुई देशका प्राविधिक टोलीबीच नेपालले समुद्रमा आफ्नै पानी जहाज चलाउन पाउने गरि पारवाहन सन्धि सम्झौताका लागि समझदारी पत्र नेपालले प्रस्ताव राख्ने सहसचिव ढकालले जानकारी दिनुभएको छ ।

उक्त समझदारीपछि नेपाली पानी जहाजहरुका लागि ३ वटा रुट प्राप्त गर्न सक्ने छ । पानी जहाजले कलकत्ता–कालुघाट, कलकत्ता–साहिबगञ्ज र कलकत्ता–बनारससम्म सञ्चालनको अनुमति पाउनेछ ।

यो सन्धिको पुनरावलोकपछि नेपालको जलमार्गमा पहुँच पाउने छ । समझदारीमा हस्ताक्षरपछि नेपालले समुद्रमा पानी जहाज चलाउने बाटो समेत खुला हुनेछ ।

मंगलबार हुने उक्त सन्धिको पुनरावलोकले नेपालमा आउने कार्गोका लागि २ नाका समेत थप हुने छन् । विराटगरस्थित जोगवनी नाका र भैरहवास्थित नौतनवा नाका खुलाउने समझदारी गर्नेछ ।

समझदारीपछि विराटनगर र भैरहवा औद्योगिक क्षेत्रमा बल्क मात्रामा सामान बोकेको रेलबाट ढुवानी गर्ने बाटो खुल्नेछ । त्यस्तै, दुई नयाँ बन्दरगाहको ढोका पनि खुल्ने यहि बैठकले नेपालका लागि महाराष्ट्रमा रहेको मुन्द्रा र उडिसा राज्यमा रहेको धम्रा पोर्टको बाटो पनि थपिने छ ।

Share Now

Leave a comment.