काठमाडौं, १० मंसिर। वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ ।
उपचारका क्रममा रहनुभएका कसजूको मंगलबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
निमोनियका कारण गम्भीर विरामी भएका कसजूलाई १९ कार्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त रहिसक्नुभएका कसजूको बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् ।
राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।


















