Prakash Adhikari November 26, 2019

विराटनगर(मोरड.), १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानलाई जस्तै व्यवहार गरेको गम्भीर आरोप लगाउनुभएको छ र

उहाँले जम्मु र कश्मीरलाई अलग अलग प्रदेशमा विभाजन गरेपछि भारतको सर्वे विभागबाट जारी गरिएको देशको नक्सा सार्वजनिक गर्दा नेपालको पश्चिमोत्तर सीमाका लिम्पियाधुरा, कालापानी, लिपुलेक र लामो समयदेखि विवादमा रहेको सुस्ता नेपाल जमिन भए पनि विवादित भूमिको रुपमा समेत नराखेर एकतर्फी आफ्नो सीमानामा पर्नेगरी नक्सा छापेर वितरण गरेकोमा कांग्रेस सभापतिले तीव्र असन्तुष्टि प्रकट गर्नुभएको हो ।

‘भारतको व्यवहारले पाकिस्तान र नेपाल उस्तै उस्तै हो भन्नेजस्तो देखिएको छ,’ धरान जाने क्रममा मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूमाझ कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘भारतले पहिले कश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो। यसले पाकिस्तान र नेपाल उस्तैउस्तै हो भन्ने भारतको व्यवहारलाई प्रदर्शन गर्दछ।’

कांग्रेस सभापति देउवाले ‘कालापानी र सुस्ता विवादास्पद जमिन हो भन्ने मान्दामान्दै एकतर्फी नक्सा सार्वजनिक गरेर अनावश्यक विवाद निकालिएको पनि बताउनुभयो ।

कांग्रेस सभापति देउवाले अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउनका लागि सरकारले भारतसँग पर्याप्त कुटनीतिक पहल नगरेको पनि आरोप लगाउदै भन्नुभयो। ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल गरेन ।’

Share Now

Leave a comment.