काठमाडौं, १० मंसिर । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी भएको हो।
प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा शाश्वत ढुंगेलले सन्दीपको आँखाको सर्जरी गरेका गर्नुभएको हो ।
शल्यक्रियापश्चात सन्दीपको दृष्टिक्षमता (भिजन) एकदमै राम्रो आएको डा. ढुंगेलले बताउनुभयो।
सन्दीपले पनि टाढाको वस्तु देख्न समस्या भएपछि चस्माको विकल्प सर्जरी रोजेको बताउदै आँखाको उपचारका लागि विदेशमा पनि बुझेको तर आफ्नै देशमा गर्ने सोच भएकोले तिलगंगा आँखा प्रतिष्ठानमा उपचार गराएको बताउनुभयो ।
उपचारपछि उहाँले आफू एकदमै खुशी तथा सन्तुष्ट भएको र शल्यक्रिया पश्चात भिजनमा सुधार भएको प्रतिक्रिया दिनुभएको छ ।
डा. शाश्वतका अनुसार प्रतिष्ठानले लेजर सर्जरीमा एकदमै नयाँ पद्धति भित्र्याएको छ जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ।
आँखामा पावर भएको चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी रहेको छ। उहाँले यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गर्न सकिने बताउँदै लेजरको अरू पद्धतिभन्दा यो पद्धतिमा सुख्खापन कम हुने, घाउ छिटो पुरिने आदि फाइदा रहेको उल्लेख गनुभयो।
उनका अनुसार विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले धेरै मुलुकबाट विदेशी तथा गैरआवासीय नेपालीहरु लेजर शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन्।
आँखाको सल्यक्रियापछि आराममा बस्नु परेकोले सन्दीपले संघारमा आएको दक्षिण एशियाली खेलकूद अन्तरगतको क्रिकेट खेल गुमाउने अवस्था सिर्जना भएको छ ।
सन्दीपको स्थानमा बैकल्पिक खेलाडीहरुबाट खेलाडी चयन गरिने बताइएको छ ।
सागमा अब उनको स्थानमा बैकल्पिक खेलाडीमा रहेका रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल मध्ये एकले मौका पाउनेछन्।
पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको छ।
नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुनेछ। टेस्ट टिमका यु–२३ टिम सहभागी हुनेछन्।


















