घोराही(दाड.),१६ मंसिर । दाड. र बाग्लुड.को प्रदेशसभाको निर्वाचनको परिणाम सत्तारुढ गठबन्धनको पक्षमा गएको छ । दाङ क्षेत्रनम्बर ३ प्रदेशसभा(ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री निर्वाचित हुनुभएको छ भने बाग्लुड.क्षेत्र नं २ (ख)बाट राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही निर्वाचित हुनुभएको छ । शाहीलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको थियो ।
दाड.मा विजयी वलीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजारभन्दा बढी मत ल्याउनुभएको थियो ।वलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याउदा कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाउनुभएको थियो।
विमला २०७४ सालको चुनावमा सो क्षेत्रबाट विजयी तत्कालीन एमालेका उत्तरकुमार ओलीको धर्मपत्नी हुनुहुन्छ । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सो भएको स्थानमा उपनिर्वाचन भएको हो ।
वाग्लुड.मा भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले पराजित गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाउनुभएको थियो ।
२०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा बामगठवन्धनबाट राजमोका टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने कांग्रेस जीतबहादुर शेरचन ८ हजार ६ सय २४ मतसहित दोस्रो स्थानमा रहनुभएको थियो ।
उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले ६ सय ४९ मत कम र कांग्रेसका शेरचनले ५ सय २६ मत बढी ल्याउनुभएको छ ।


















