काठमाडौं, २२ मंसिर। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म(कम्पनी)हरुको कदर गर्दै विभिन्न विधामा अवार्ड प्रदान गरिएको बताउनुभएको छ ।
निर्माणतर्फ ए क्लासमा गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले जितेको छ भने सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ। ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ।
बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालिले महासंघले भौगोलिक आधारमा हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ र तराइतर्फ लुम्बिनी निर्माण संघलाई उत्कृष्टताको प्रदान गरेको छ ।
उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेललाई पनि अवार्ड दिइएको छ ।
नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए वापत एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनलाई प्रदान गरिएको छ।
अग्रणी इन्जिनियरको रुपमा स्वर्गीय प्रा.डा.दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीका रूपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत हुनुभएको छ।


















