काठमाडौं, २२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आइतबार पनि काठमाडौं, ललितपुर, कास्कीको पोखरा र धनुषाको जनकपुरधाममा विभिन्न प्रतियोगिताका विभिन्न इभेन्टहरुको लागि प्रतिस्पर्धा हुने भएको छ ।
्आज पोखरामा आर्चरीका प्रतिस्पर्धा जारी रहनेछन्। खेल तालिकाअनुसार आर्चरीमा २ स्वर्णको टुंगो लाग्नेछ।
पोखरामा बीच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा जारी रहनेछ।
ललितपुरस्थित सातदोबाटोको कराते कबर्डहलमा बक्सिङको सेमिफाइनलका खेल हुनेछन्।
कीर्तिपुरको नयाँ बजर कबर्डहलमा फेन्सिङको ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुष फुटबलमा नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल हुनेछ।
फाइनलमा पुग्न नेपालका लागि खेल महत्वपूर्ण छ। पराजित भएको अवस्थामा नेपालले तेस्रो स्थान चित्त बुझाउन पर्दछ भने फाइनलमा पुग्न नेपालले कम्तिमा बराबरी खेल्नु पर्नेछ। भुटानले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
लगनेखलस्थित आर्मी कबर्डहलमा जुडोका ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
साँझ ४ बजे सातदोबाटो पौडी कम्प्लेक्समा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
जनकपुरमा हुने कुस्तीको ४ स्वर्णका लागि भिडन्त हुनेछ।


















