Prakash Adhikari December 8, 2019

काठमाडौं, २२ मंसिर । १३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुषतर्फको फुटबलमा फाइनल प्रवेशका लागि नेपालले आज बङ्गलादेशसंग भिड्दै छ।

दशरथ रंगशालामा साँझ पाँच बजे सुरु हुने खेल नेपालका लागि निकै सुविधाजनक छ। नेपालले फाइनलमा पुग्न आज बराबरी मात्रै खेले पुग्छ।

आजको खेल जिते नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ।

तर बङ्गलादेशले भने स्वर्ण भीडन्तका लागि आफुलाई योग्य बनाउन आज नेपाललाई हराउनैपर्छ।

१३ औं दक्षिण एशियाली खेलमा नेपालले पुरुष फुटबलमा यसअघि तीन खेलबाट सात अङ्क जोडेको छ।

यसअघि नै फाइनलमा पुगेको भुटानले चार खेलबाट नौ अङ्क जोडेको छ भने बङ्गलादेशले तीन खेलबाट जम्मा चार अङ्क जोडेको छ।

फाइनलमा पुग्नका लागि आज बङ्गलादेशले नेपाललाई पाँच–शुन्य गोलअन्तरले हराउनपर्नेछ।

१३ औं साग फुटबलमा भारत र पाकिस्तानबाहेक नेपाल, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले भाग लिएका छन्।

Share Now

Leave a comment.