काठमाडौं, २२ मंसिर । नेपालकी चर्चित महिला पौडिबाज गौरिका सिंहले १३ औं सागमा तेस्रो स्वर्ण पदक जितेकी छिन्।
दक्षिण एशियाली खेलको एकै संस्करणमा तीन स्वर्ण जितेर उनले कीर्तिमान नै कायम गरेकी छन् ।
आइतबार ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले ४ मिनेट २५ दशमलब २८ सेकेन्डमा दुरी पुरा गर्दे तेस्रो स्वर्ण जितिन ।
यसअघि गौरिकाले २ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारेकी थिइन्।
यससँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ।


















