काठमाडौं, २२ मंसिर । जुडोको ५२ केजी तौल समूहमा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी छिन्।
चार देश सहभागी यो इभेन्टको पहिलो खेलमा देविकाले श्रीलंकाकी हाथुरुसिन्घे गेडारालाई पराजित गरेकी थिइन्।
सिंगल राउन्ड रोबिनमा जारी प्रतियोगिताको दोस्रो खेलमा भारतकी गायत्री टोकस तथा तेस्रो खेलमा बंगलादेशकी तहामिदा जेरिनलाई पराजित गरेकी थिइन्।


















