Prakash Adhikari December 16, 2019

 

बुटबल(रुपन्देही),३० मंसिर । राख्न स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ।

समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताउनुभएको छ।

समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको समितिले जनाएको छ। हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ।

विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा पेस गरिने संयोजक पुनले बताउनुभएको छ।

राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।

Share Now

Leave a comment.