Prakash Adhikari December 16, 2019

 

पोखरा(कास्की), ३० मंसिर । पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा बुटबल ब्लाष्टर्सले काठमाडौं गोल्डेन्सलाई पराजित गरेको छ । आज भएको खेलमा काठमाडौं बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको हो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । उसका लागि पवन सराफले सर्वाधिक ३७ रन बनाए । काठमाडौंका लागि ओपनर सुवास खकुरेल १५ रन बनाए । गौरव तमोर मात्र एक रनमा आउट भए । लगत्तै जयकिशन कोल्सावाला २८ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए भने आदिल खान २३ रनमा आउट भए ।  सुबोध भाटीले खाता खोल्न सकेनन् । ८९ रनमा ६ विकेट गुमाएको काठमाडौंका लागि पवन सराफ र अमरसिंह रौटेलाले अर्धसतकीय साझेदारी गरे । जसका कारण काठमाडौंले चित्त बुझ्दो चुनौती दियो ।

जवाफमा बुटवलले २० ओभरमा ६ विकेट गुमाउँदै स्कोर बराबरी गरेको थियो ।

उसको जितमा हर्ष टोंकले सर्वाधिक ४५ रन बनाए । यस्तै शंकर रानाले २० तथा अफ्ताबुदिन अहमदले १४ रन थपे । यस्तै सिंभम सिंहले ३२ रनको योगदान गरे । कप्तान सोमपाल कामील ११ रन थपे । तर अन्तिम बलमा बुटवललार्ई जितका लागि एक रन चाहिएकोमा पवन सर्राफले विकेट लिएपछि खेल बराबरीमा रोकियो।

सुपर ओभरमा बुटवलले १२ रन बनायो । तर जवाफमा काठमाडौंले पूरा गर्न सकेन ।

पीपीएलमा काठमाडौंको यो दोस्रो हार हो । लगातारको दुई हारले काठमाडौं गोल्डन्स्को प्लेअफको यात्रा कठिन बनेको छ ।

Share Now

Leave a comment.