काठमाडौं, १ पौष । संविधान सभा सदस्य तथा नेपाली कांग्रेस भक्तपुरका नेता रामेश्वरप्रसाद ढुंगेलको असामयिक निधन भएको छ ।
उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा सोमबार निधन भएको हो ।
स्वर्गीय ढुंगेल संविधान सभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनु भएको थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा नेपाली कांग्रेस पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
उहाँले स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।


















