पोखरा(कास्की), ५ पौष । पोखरा प्रिमियर लिगको दोस्रो संस्करण अन्तरगत शनिवार काठमाडौँ गोल्डेन वारियर्स र बिराटनगर टाईटन्सबीच भिडन्त भैरहेको छ ।
जारी प्रतियोगितामा काठमाडौँ हालसम्मको खेलमा अंक तालिकामा ३ खेलमा १ जित र २ हार पछि २ अंकसहित तेश्रो स्थानमा रहेको छ। यस्तै बिराटनगर २ खेलमा १ जित र १ हार पछि २ अंक सहित चौथो स्थानमा रहेको छ।
आज जित्ने टिम अंक तालिकाको दोश्रो स्थानमा पुग्नेछ। प्लेअफ पुग्नका लागि आजको खेल दुवैको लागि महत्वपूर्ण रहेको छ ।
चितवन पुग्यो शीर्षमा
पोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै लगातार तेश्रो जित हात पार्दै अंक तालिकोको शीर्षमा पुगेको छ । उसले ३ खेलमा सबैमा जित निकाल्दै ६ अंक हासिल गरेको छ ।
जारी प्रतियोगितामा चितवनले २ खेल अगावै प्लेअफ पुग्ने संभवाना बलियो बनाएको छ।
शुक्रबारको दोस्रो खेलमा चितवनले दिएको १ सय ८२ रनको लक्ष्य लिएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो।
धनगढीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ४९ रन बनाए यस्तै रोड्रीगो थोमसले २४, सन्दिप जोराले २१ रन बनाए।
चितवनको बलिंगमा भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए भने सन्नी पटेल र करन केसीले २र२ विकेट लिए।
खेलमा टस जितेर ब्याटिंग रोजेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो।
चितवनको लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाए । यस्तै बाबर हायातले ३६ तथा सन्नी पटेलले अविजित ३२ रन बनाए। पारस खड्काले २३ रन बनाए
चितवनलाई रोक्ने क्रममा धनगढीका अनिल खरेल र दिपेन्द्र ऐरीले समान २ । २ विकेट लिए भने अमित यादबले १ विकेट लिए।




















